नियम १७
कोषको लेखा
(१) कोषको आय–व्ययको लेखा समितिले तोकिए बमोजिमको ढाँचामा राख्नु पर्नेछ । समितिले यसरी लेखाको ढाँचा तोक्दा दोहोरो लेखा प्रणालीको आधारमा कोषको आय– व्ययको लेखा राख्नु पर्ने गरी तोक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राख्नु पर्ने कोषको आय–व्ययको लेखा अद्यावधिक गरी राख्नु कोषको कर्तव्य हुनेछ ।